काठमाडौं, कात्तिक १८ । गैरआवासीय नेपाली संघ –एनआरएनए) ले भूकम्प प्रभावित क्षेत्रमा उद्दार, राहतका लागि तत्काल १० लाख रुपैयाँ सरकारी कोषमा जम्मा गर्ने प्रतिवद्धता जनाएको छ ।
संघका अध्यक्ष डा. बद्री केसी र महासचिव गौरीराज जोशीले आज बिज्ञप्तीमार्फत जाजरकोट केन्द्रबिन्दू भएर गएको भूकम्पपीडितलाई राहतका लागि तत्काल १० लाख रुपैयाँ जम्मा गर्ने घोषणा गर्नुभएको हो ।
गैरआवासीय नेपाली संघ भूकम्प प्रभावित क्षेत्रमा उद्दार, राहत र पुर्ननिर्माणमा सदा झैँ गैरआवासीय नेपाली संघ सरकारसँग सहकार्य गर्न तत्पर रहेको जानकारी गराउँदै संघको तर्फबाट पहिलो चरणमा सरकारको राहत कोषमा तत्काल १० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
‘यस कठिन घडीमा गैरआवासीय नेपाली संघ भूकम्प प्रभावित क्षेत्रमा उद्दार, राहत र पुर्ननिर्माणमा सदा झैँ गैरआवासीय नेपाली संघ सरकारसँग सहकार्य गर्न तत्पर रहेको जानकारी गराउँदै संघको तर्फबाट पहिलो चरणमा सरकारको राहत कोषमा तत्काल १० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं,’ बिज्ञप्तीमा भनिएको छ ।
एनआरएनएले भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतका लागि आर्थिक सहयोग संकलन तथा अन्य आवश्यक कार्यमा यथाशक्य छिटो जुट्न संघका सबै राष्ट्रिय समन्वय परिषद्हरु तथा विदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई आग्रह पनि गरेको छ । संघले भूकम्पमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण र घाइतेको शीर्ष स्वास्थ्यलाभको कामना गरेको छ ।
‘जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको खबरले गैरआवासीय नेपाली संघ अत्यन्त दुखित भएको छ । भूकम्पमा परी ज्यान गुमाएकाहरुप्रति सम्पूर्ण गैरआवासीय नेपालीहरुको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दछौँ,’ बिज्ञप्तीमा भनिएको छ ।













प्रतिक्रिया दिनुहोस्