जनता टाइम्स

१८ कार्तिक २०८०, शनिबार १४:५४

भूकम्पपीडितको उद्धार र राहातका लागि आर्थिक सहयोग गर्ने एमाले मधेश प्रदेशको घोषणा


काठमाडौं, कात्तिक १८ । नेकपा एमाले मधेश प्रदेशले भूकम्पपीडितको उद्धार र राहातका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

बीरगञ्जमा आज आयोजित बिशेष कार्यक्रममार्फत भूकम्पपीडितका लागि ३ लाख आर्थिक सहयोग गर्ने निर्णय भएको एमाले सचिव तथा इञ्चार्ज योगेश भट्टराईले जानकारी दिनुभयो ।

‘जाजरकोट, रुकुम लगायतका जिल्लामा विनाशकारी भुकम्पबाट भएको जनधनको क्षतीप्रति नेकपा एमाले मधेश प्रदेश कमिटी र सिंगो मधेश दुःखी छ,’ भट्टराईले भन्नुभयो, ‘पीडितहरुको सहयोग र पुनः स्थापनाका लागि आज वीरगंजमा भएको नेकपा एमालेको मधेश प्रदेश स्तरीय विशेस कार्यक्रम मार्फत पार्टीका तर्फबाट रु ३ लाख सहयोग गर्ने निर्णय गरेको छ ।’