कैलाली, कात्तिक २० । सत्तारुढ नेकपा माओवादी केन्द्रका एक नेता ठगी आरोपमा पक्राउ परेका छन । माओवादी नेता जयप्रकाश दहितलाई २५ लाख भन्दा बढी रुपैया ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
दहित माओवादी केन्द्रका जानकी गाउँपालिका गाउँ कमिटी सचिव हुनुहुन्छ । मिलन कृषक समूह र हरियाली कृषक समूहका संयोजक समेत रहेका दहितसहित अन्य दुई जनाले किसानबाट करिब २५ लाख ३७ हजार ठगी गरेको उजुरीपछि दहितलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । दहितसहित अन्य २ जनाविरुद्ध २१ जना स्थानीयले प्रहरीमा उजुरी दिएका थिए।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट कृषि चम्पा ट्याक्टर, पावर टेलर अनुदानमा उपलब्ध गराइ दिने भन्दै जानकी गाउँपालिका किसानबाट दहित सहितका अन्य २ जनाले रकम उठाएको आरोप उजुरीमा उल्लेख गरिएको छ।घटनाका आरोपी दुई जना भने फरार रहेका छन्। उनीहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरी हिरासतमा रहेका दहितलाई नियन्त्रणमा राखेर घटनाको अनुसन्धान गर्न जिल्ला अदालत कैलालीले अनुमति दिएको छ ।













प्रतिक्रिया दिनुहोस्