काठमाडौं, भदौ २८
नेपाल तरुण दलभित्रको विवाद शनिवार छताछुल्ल भएर पोखिएको छ । अध्यक्षले महासचिव हटाएको केही घण्टामै महासचिवले पनि अध्यक्षलाई नै बर्खास्त गरिदिएका छन् ।
अध्यक्ष जितजंग बस्नेतले महासचिव भूपेन्द्रजंग शाहीलाई दलको सबै जिम्मेवारीबाट मुक्त गरेको केही घण्टा वित्न नपाउदै महासचिव शाहीले पनि विज्ञप्ति प्रकाशित गर्दै अध्यक्षलाई हटाएको जानकारी दिनुभयो ।
विभिन्न ४ आरोप लगाउँदै महासचिव शाहीले अध्यक्षलाई हटाउनुपरेको विज्ञप्तीमा उल्लेख गर्नुभएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै महासचिव शाहीले अध्यक्षलाई हटाउन परेको जानकारी गराउनु भयो ।
अध्यक्ष बस्नेतले भ्रषटारविरुद्धको कार्यक्रम रोकेको, केन्द्रीय समिति विस्तार गर्न नसकेको, बाढीपीडितको नाममा विदेशमा बस्ने नेपालीबाट आएको करोडौं रकम हिनामिना गरेलगायत आरोप लगाउँदै बस्नेतलाई कारवाही गरिएको महासचिव शाहीको विज्ञप्तिमा उल्लेख छ।
यसअघि अध्यक्ष बस्नेतले महासचिवले संगठनको हितविपरीत काम गरेको भन्दै महासचिव पदबाट हटाएको विज्ञप्ति जारी गरेका थिए।














प्रतिक्रिया दिनुहोस्