काठमाडौं, कात्तिक २१ । आइएमई ग्रुुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितका लागि डेढ करोड रुपैयाँको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गर्नुभएको छ ।
अध्यक्ष ढकालले ग्लोबल बैंक, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, आइएमई लिमिटेडलगायत आइएमई ग्रुपद्वारा प्रवर्धित कम्पनी तथा आइएमई फाउण्डेसनमार्फत् घोषणा गरिएको रकमको चेक आज हस्तान्तरण गर्नुभएको हो ।
चेक हस्तान्तरण समारोहमा अर्थमन्त्री डा. प्रकाशशरण महत, मुख्यसचिव वैकुण्ठ अर्याल, ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलगायत उपस्थित हुनुहुन्थ्यो ।
यसअघि सोमवार भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक मीनबहादुर श्रेष्ठले प्रधानमन्त्रीलाई भेटेर एक करोड ११ लाख, ११ हजार १११ रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो । नेपालका अर्बपति कहलिनु भएका कांग्रेस सांसद विनोद चौधरीले भने अहिलेसम्म राहतका लागि केही दिने योजना बनाएको सार्वजनिक भएको छैन ।













प्रतिक्रिया दिनुहोस्