जनता टाइम्स

२९ भाद्र २०७६, आईतवार ०६:३२

खानेपानीमन्त्री विना मगरको स्वास्थ्यमा सुधार


काठमाडौं, भदौं २९ । खानेपानी तथा सरसफाइ मन्त्री विना मगरको स्वास्थ्यमा सुधार भएको छ । भैंसेपाटीस्थित मेडीसीटी अस्पताल शुक्रवार उपचारार्थ भर्ना हुनुभएकी मन्त्री मगरको स्वास्थ्यमा सुधार हुँदै गएको हो ।

मन्त्री मगरलाई पिसाबमा इन्फेक्सन देखिएपछि शुक्रबार अस्पताल भर्ना गरिएको थियो । अस्पतालका अनुसार मन्त्री मगरको स्वास्थ्य अवस्था सामान्य छ ।

मन्त्री मगर अस्पताल भनाए भएलगत्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार साँझ अस्पताल पुगेर बुहारी (मन्त्री मगर) को स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।