काठमाडौं, २२ कार्तिक । चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ आज नेपाल आउँदै हुनुहुन्छ ।
नेपालको पाँचदिने औपचारिक भ्रमणका लागि उहाँ आज बुधबार नेपाल आउन लाग्नुभएको हो ।
तिब्बतको पार्टी सेक्रेटरी छुङछेङ नेपाल भ्रमणको क्रममा द्धिपक्षिय तथा आपसी हितका बारेमा छलफल गर्नेहुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहालको हालै भएको चीन भ्रमणको क्रममा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनबारे छलफल हुने जनाईएको छ ।
पाँचदिन नेपाल रहनु हुने उहाँले भोली बिहान प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नुहुनेछ भने यस भ्रमणको क्रममा उहाँ पोखरा पनि जानुहुनेछ ।














प्रतिक्रिया दिनुहोस्