जनता टाइम्स

२२ कार्तिक २०८०, बुधबार १०:३८

भूकम्पको इपिसेन्टर बारेकोटका पीडितलाई राहत सामाग्री हस्तान्तरण


जाजरकोट, कात्तिक २२ । गत शुक्रवार राती आएको भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोट गाउँपालिकाका पीडितका लागि राहत सामग्र हस्तान्तरण गरिएको छ ।

एमाले केन्द्रीय सदस्य निरज आचार्यको पहलमा आज बारेकोट गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीलाई सहयोग हस्तान्तरण गरिएको हो ।

बारेकोटका भूकम्पपीडितका लागि एडिआरए संस्थाका अध्यक्ष धर्म रोकायले राहत सामाग्री हस्तान्तरण गरेको हो । सो संस्थाले १३ सय थान त्रिपाल, कम्बल १३ सय थान, म्याट्रेस १३ सय थान र पाल बाध्ने डोरी हस्तान्तरण गरेको एमाले नेता आचार्यले बताउनु भयो ।