जनता टाइम्स

२३ कार्तिक २०८०, बिहीबार १३:३६

किरन भुजेल र सोफी धरेल अभिनित गीत आँखी झ्यालैमा सार्वजनिक


काठमाडौं, २३ कात्तिक । किरण भुजेल र सोफी धरेलको अभिनयमा रहेको ‘आँखी झ्यालैमा‘ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक उमेश मुस्कान र गायिका प्रयुषा न्यौपानेको स्वर रहेको छ ।

उमेश मुस्कानको शब्दरसङ्गीत रहेको गीतको सङ्गीत संयोजन केशव बडुले गरेका हुन् । प्रेम र रोमान्सलाई निकै प्रेमील रुपमा गीतमा प्रस्तुत गरिएको छ । प्रकाश खड्काको छायाङ्कन, बन्दे प्रसादको सम्पादन तथा केशवराज भट्टको निर्देशनमा भिडियो तयार गरिएको छ ।

भिडियोमा किरण भुजेल र सोफी धरेलको अभिनय रहेको छ । प्रेम र समपर्णलाई आम दर्शक तथा स्रोताको चाहना अनुरुपको गीत बनेकोले दर्शक श्रोताले मन पराउनेमा आफू आशावादी रहेको निर्माता सुनिल दवाडीले बताउनुभयो ।