काठमाडौं, २३ कात्तिक । प्रधानमन्त्री र मन्त्रीले जाजरकोट भूूकम्प्पपीडितलाई एक महिनाको तलब सहयोग गर्नुहुने भएको छ ।
आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोट भूकम्पपीडितका लागि प्रधानमन्त्री र मन्त्रीले एक एक महिनाको तलब आर्थिक सहयोग गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।
एक साताअघि जाजरकोट केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रूकमपश्चिममा ठुलो धनजनको क्षति भएको छ ।













प्रतिक्रिया दिनुहोस्