जनता टाइम्स

२५ कार्तिक २०८०, शनिबार १९:१०

सिलगढीमा एक पुरुष मृत अवस्थामा फेला


डोटी, २५ कार्तिक । डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ टुडिखेलका ५५ वर्षीय शिवराज श्रेष्ठ शनिवार मृत अवस्थामा फेला परेका हुन् ।

श्रेष्ठलाई सोही ठाउँका टेकबहादुर केसीको कोही नबस्ने खाली घरमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।