जनता टाइम्स

३० कार्तिक २०८०, बिहीबार ०७:१०

विदेश जाने विद्यार्थीसँगै बाहिरियो तीन महिनामा ३३ अर्ब


काठमाडौं, कात्तिक ३० । चालू आर्थिक वर्षको सुरुको तीन महिनामा विदेश पढ्न जाने विद्यार्थीबाट मात्रै ३३ अर्ब रुपैयाँ बिदेसिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार कुल वदेश भ्रमणतर्फ ५१ अर्ब ८० करोड बाहिर गएको छ । यसमध्ये शिक्षातर्फको खर्च मात्रै ३२ अर्ब ९२ करोड रुपैयाँ रहेको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षको सुरुको तीन महिनामा बाहिरिएका रकमको तुलनामा चालू आर्थिक वर्षको सुरुको तीन महिनामा ७६.१ प्रतिशतले वृद्धि भएको छ ।

गत आर्थिक वर्षको सुरुको तीन महिनामा भ्रमण खर्च २९ अर्ब ४१ करोड रहेकोमा शिक्षामा मात्र १७ अर्ब ८९ करोड बाहिरिएको थियो ।