काठमाडौं, कात्तिक ३० । वाणिज्य बैंकहरुले मंसिर १ गतेदेखि लागू हुने गरी निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन । सार्वजनिक गरिएका तथ्यांकअनुसार एउटा बैंकले ब्याजदर बढाएको छ भने एक दर्जनभन्दा बढी बैंकहरुले ब्याजदर घटाएका छन ।
वाणिज्य बैंकहरुले लामो समयदेखि लागू गर्दै आएको भद्र सहमति साउनमा तोडेसँगै ब्याजदर आ–आफ्नै ढंगबाट निर्धारण गर्दै आएका छन । बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था छ । यही व्यवस्थाअनुसार वाणिज्य बैंकहरुले मंसिरका लागि नयाँ ब्याजदर निर्धारण गरेका हुन ।
चालू आर्थिक वर्षको पहिलो महिनामै १४ बैंकहरुले निक्षेप ब्याजदर बढाएका थिए भने, चार बैंकले घटाएको र दुई बैंकले स्थिर राखेका थिए । त्यस्तै, भदौमा १२ वाणिज्य बैंकहरुले निक्षेप ब्याजदर बढाएका थिए भने ४ वटाले घटाएको र ४ बैंकले ब्याजदर स्थिर कायम गरेका थिए ।
कार्तिक महिनामा १४ बैंकहरुले आफ्नो ब्याजदर घटाएका थिए । दुई वटा बैंकले मात्र बढाएको र ४ वटा बैंकले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका थिए । हाल बैंकहरुमा पर्याप्त तरलता भएकाले अधिकांश बैंकहरुले ब्याजदर घटाएका हुन ।
मंसिर महिनाका लागि माछापुच्छ्रे बैंकले मात्रै आफ्नो मुद्दती निक्षेपको ब्याजदर बढाएको छ । जहाँ बैंकले कार्तिक महिनामा ९.९९ प्रतिशत रहेको ब्याजदरलाई ०.६१ प्रतिशतले बढाएर १०.६० प्रतिशत पुर्याएको छ । यस्तै सबैभन्दा बढी एनआईसी एपयिा बैंकले २.०४ प्रतिशत मुद्दति निक्षेपको ब्याजदर घटाएको छ ।
यस्तै एनएमबी बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, सानिमा बैंक, एभरेष्ट बैंक, नबिल बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक, सिटिजन्स बैंक, स्टयाडर्ड चार्टट बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेघा बैंक र राष्ट्रिय वाणिज्य बैंकले मंसिर महिनाका लागि आफ्नो ब्याजदर घटाएका छन् ।
त्यसैगरी, नेपाल बैंक, प्राइम बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज् बैंक र सिद्धार्थ बैंक बैंकले कार्तिक महिनाको ब्याजदरलाई नै निरन्तरता दिएका छन ।













प्रतिक्रिया दिनुहोस्