काठमाडौं, मंसिर १ । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामचन्द्र खनाल नियुक्त हुनुभएको छ ।
आज बसेको बैंक सञ्चालक समितिको बैठकले हालसम्म सीईओ रहनुभएका रमेश अर्यालले दिनुभएको राजीनामा स्वीकृत गर्दै खनाललाई सिईओ नियुक्त गरेको हो ।
नवनियुक्त सिइओ खनालले कुमारी बैंकमा बरिष्ठ डेपुटी सीईओको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो । कुमारी बैंकमा सीईओ रहनुभएका खनाल एनसीसी बैंक मर्ज भएपछि बरिष्ठ डेपुटीको जिम्मेवारीमा रहनुभएको थियो ।
वित्तीय क्षेत्रमा साढे ११ वर्षको अनुभव संगाल्नुभएका खनाल कुमारी बैंक आउनु अघि एनआईसी एसिया क्यापिटलको सीईओ हुनुहुन्थ्यो । खनालले सिद्धार्थ र एनआईसी एसिया बैंकमा पनि उपल्लो तहमा रहेर काम गरिसक्नु भएको छ ।
पेशाले चाटर्ड एकाउन्टेन्ट खनालले कुमारी बैंकलाई अब्बल बाणिज्य बैंकका रुपमा स्थापित गर्ने बिश्वास बैंक सञ्चालक समितिले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्