काठमाडौं, मंसिर २ । नेकपा एमालेकी केन्द्रीय सदस्य तथा चर्चित गायिका कोमल वलीलाई मातृशोक परेको छ ।
ओलीकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा काठमाडौंको अल्का अस्पतालमा आज निधन भएको हो । उहाँको शनिबार दिउँसो ११ बजेर ४२ मिनेट जाँदा निधन भएको चिकित्सकहरुले घोषणा गरेका हुन् ।
हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट केही समय अगाडिदेखि बिमार ओलीको केही साता यता अल्का अस्पतालमा उपचार भइरहेको थियो । १९९८ सालमा रोल्पामा जन्मनु भएकी ओलीले संकलन गरेको मलमलकिरी जुनकिरी नामको गीतले नै छोरी कोमललाई गायनमा स्थापित गराएको हो ।
दीपा वलीको संकलन तथा रचनामा रेडियो नेपाल, म्युजिक नेपाल तथा विभिन्न रेकिर्डङ स्टुडियोमा दुई दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन् । दीपा ललित ट्रष्टकी संरक्षक रहेकी दीपा वली २०४३ सालमा राप्ती अन्चल महिला संगठनमा उपसभापति हुनुभएको थियो । उहाँ नेपाल रेडक्रसकी आजीवन सदस्य पनि हुनुहुन्छ । उहाँका श्रीमान, दुई छोरा र दुई छोरी हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्