काठमाडौं, मंसिर ३ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रवासी नेपाली मञ्चले जहाँ नेपाली त्यहाँ नेकपा एमाले भन्ने नीतिलाई ब्यवहारमा परिणत गर्नुपर्ने बताउनु भएको छ ।
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समन्वय कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । ‘जहाँ नेपाली त्यहाँ नेकपा एमाले भन्ने पार्टीको मुलन नीतिलाई प्रवासी नेपाली मञ्चले मुर्तरुप दिनुपर्छ, संगठनलाई नेपाली रहेका सवै मुलुकमा फैलाएर पार्टीको अभियानलाई सहयोग पुर्याउन जरुरी छ, तपाईहरु त्यो काममा सफलता प्राप्त गर्नाेस,’ प्रवासी नेपाली मञ्चका सवै नेता कार्यकर्तालाई निर्देशन दिँदै अध्यक्ष ओलीले भन्नुभयो ।
उहाँले माथि उल्लेखित मुल बिषयलाई अगाडि बढाउदै मिसन २०८४ मा पार्टीले एकल बहुमत सहित सरकार बनाउने अभियानको सारथी प्रवासी नेपाली मञ्च बन्नुपर्ने बताउनु भयो । सम्बोधनको क्रममा अध्यक्ष ओलीले बर्तमान सरकार असफल सावित भइसकेको र बिकास बिरोधीको रुपमा स्थापित भएको बिभिन्न तथ्यहरु राख्नुभएको थियो । सरकार भ्रष्टाचारी, कमिशनखोरहरुको गिरोहमा परिणत भएको उहाँको भनाई थियो ।
कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल र स्थायी कमिटी सदस्य एवं मञ्चका इञ्चार्ज डा. राजन भट्टराईले पनि प्रशिक्षण दिनुभएको थियो । महासचिव पोखरेलले संगठित सदस्यहरु धेरै भएकाले पार्टीको लेबी समयमा बुझाउने लगायत प्रवासमा रहेको संगठनलाई प्रत्येक देशहरु सम्म पुर्याउनु पर्ने बिषयमा जोड दिनुभयो ।
त्यस्तै प्रबास बिभाग इन्चार्ज भट्टराईले प्रबासी नेपाली मंचले रचनात्मक कार्य गरी पार्टी संगठनलाई बलियो बनाउन ठुलो योगदान गरेको र प्रबासमा रहेका मजदुर, बिद्यार्थीहरुलाइ संगठनमा आवद्ध गर्दै पार्टीको मिसन, भिजनबारे स्पष्ट पार्नुपर्ने निर्देशन दिनुभयो ।
मञ्चका अध्यक्ष सञ्जय थापाको सभापतित्वमा भएको भर्जुअल कार्यक्रममा ३ सय ५० जना भन्दा बढीको उपस्थित रहेको थियो । भर्चुअल गोष्ठीमा प्रत्येक महादेशका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा शिशिर नेपालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यसैगरी गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले शुभकामना दिनुभएको थियो । कार्यक्रममा मञ्चका उपाध्यक्ष रमेश पाण्डेले मिसन ग्रासरुट सम्बन्धी प्रतिबेदन पेश गर्नुभएको थियो ।
कार्यक्रम सञ्चालन सचिव हेम शेर्पाले गर्नुभएको थियो भने उपसचिव एवं प्रचार बिभाग प्रमुख चानक पोखरेलले बिशेष सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा समापन गर्दै अध्यक्ष थापाले आफ्नो महत्वपूर्ण भनाईसहित प्रशिक्षण दिनुभएकोमा अध्यक्ष ओली, महासचिव पोखरेलसहित सवै नेताहरुप्रति आभार प्रकट गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्