जनता टाइम्स

४ मंसिर २०८०, सोमबार ११:३२

बढ्यो डलरको मूल्य


काठमाडौं, मंसिर ४ । नेपाली मुद्राको तुलनामा डलरको मूल्य आइतबार पनि बढेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मूल्यदरअनुसार आइतबार एक डलरको खरिद मूल्य १३२ रूपैयाँ ९४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५४ पैसा रहेको छ।

गत शुक्रबार खरिददर १३२ रूपैयाँ ८८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ४८ पैसा थियो। यस हिसाबले दलरको मूल्य ६ पैसाले बढेको छ। युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ५६ पैसा र बिक्रीमा १४५ रूपैयाँ ५६ पैसा पाइन्छ।

शुक्रबार खरिददर १४४ रूपैयाँ २७ पैसा र बिक्रीमा १४४ रूपैयाँ ९२ पैसा तोकिएको थियो। यस्तै क्यानेडियन डलर एकको खरिदमा ९६ रूपैयाँ ८५ पैसा र बिक्रीमा ९७ रूपैयाँ २८ पैसा पाइन्छ। आज अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ४६ पैसा र बिक्रीदर भने ८६ रूपैयाँ ८६ पैसा तोकिएको छ। अष्ट्रेलियन डलरको भाउ आइतबार केही बढेको हो।

आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६१ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ४१ पैसा र बिक्रीमा २८ रूपैयाँ ५३ पैसा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ३३ पैसा र बिक्रीमा ४३३ रूपैयाँ २८पैसा पाइन्छ। त्यसैगरी आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ६२ पैसा र बिक्रीदर ३५४ रूपैयाँ २१ पैसा तोकिएको छ।