काठमाडौं, मंसिर ४ । कलाकार प्रकाश ढकाल मृत फेला परेका छन् । धादिङको बेनिघाट–रोराङ गाउँपालिका वडा नम्बर ७ स्थित कृष्णभिरमा ढकालको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङले ढकालको शव आइतबार साँझ ५ बजेतिर त्रिशूली नदी किनारको खोचमा फेला परेको जनाएको छ ।स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ७ निवासी ढकाल स्याङ्जाबाट गत शुक्रबार काठमाडौंतर्फ आएदेखि सम्पर्कविहीन हुनुभएको थियो ।
त्रिशूलीमा र्याफ्टिङ गर्नेहरूले खोचमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खोचबाट शव सोमबार बाहिर निकालिएको थियो । शवको एउटा आँखा नभएको र टाउको क्षतविक्षत रहेको बताइएको छ । शरीरमा सामान्य चोटपटक लागेको देखिएको छ ।
ढकालका परिवारले शंका लागेका व्यक्तिविरुद्ध उजुरी दिने तयारी गरेका छन् । मृतक ढकालले करिब दुई दर्जन गीतमा अभिनय गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्