जनता टाइम्स

३० भाद्र २०७६, सोमबार ०७:०१

गाउँपालिका अध्यक्षमाथि गोली प्रहार


काठमाडौं, भदौ ३० । रामारोशन गाउँपालिकाका अध्यक्ष झङ्करबहादुर साउदमाथि आइतवार  साँझ गोली प्रहार गरिएको छ । दुई अज्ञात व्यक्तिले गाउँपालिकाको वडा नं ३ मुजाबगरस्थित कार्यालयको आवासमा बस्दै आएका साउदलाई गोली हानेका हुन् । उहाँ गाउँपालिका कार्यालय रहेको भवनको माथिल्लो तलामा बस्दै आउनुभएको थियो ।

अध्यक्ष साउदले प्रतिकार गर्न खोज्दा गोली भुइँमा खसेको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो ।

उक्त समयमा शान्तडा प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भरतबहादुर रोकायासमेत अध्यक्ष साउदसँगै रहनुभएको थियो । “हामीले हतियार खोस्न खोज्दा दुवै जना भागे”, अध्यक्ष साउदले भन्नुभयो । प्रहरी नायब उपरीक्षक शाहीले गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको र अध्यक्ष साउद सकुशल रहेको बताउनुभयो ।