काठमाडौं, ५ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट अवैध रुपमा भन्सार छली लैजान लागेको सुनजस्तो देखिने पहेलो धातु करिब २७२.३७ ग्रामसहित काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–८ घर भएका ३९ वर्षीय राम सुन्दर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त गेटमा जाँच गर्ने क्रममा ३ थान बेरूवा औंठीको रूपमा ल्याएको ५४.९७ ग्राम र पेन्टीभित्र फल्स बटमा बनाई प्लाष्टिकले बेरेको ल्याएको सुन जस्तो देखिने पहेँलो रंगको अर्धठोस वस्तु करिब २१७.४० ग्रामसहित उहाँलाई पक्राउ गरेको हो । बरामद सुनसहित उहाँलाई भंसार कार्यालय सिनामंगल बुझाइने छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्