काठमाडौं, ५ मंसिर । सर्वोच्च अदालतले टिकटक खुलाउन अश्विकार गरेको छ । सरकारले टिकटकमाथि प्रतिवन्ध गरेको विषयमा परेको मुद्दामा आज कारण देखाउ आदेश जारी गरेसँगै अन्तरिम आदेश नदिएको हो । दर्जन बढी रिट निवेदकको माग बमोजिम अन्तरिम आदेश भने जारी भएको छैन ।
यसअघि गत २७ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट सामाजिक सञ्जाल टिकटक (भिडियो प्ल्याटफर्म) नेपालमा बन्द गर्ने निर्णय गरेको थियो । नेपालमा टिकटकमाथि लगाइएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा परेको सबै रिट खारेज गर्दै अदालतले कारण देखाउ आदेश जारी गरेको हो ।
प्रतिक्रिया दिनुहोस्