जनता टाइम्स

५ मंसिर २०८०, मंगलवार १७:४७

कञ्चनपुरमा मार्ने धम्की दिएर रकम माग्ने दुई जना पक्राउ


धनगढी, ५ मंसिर । कञ्चनपुरमा ज्यान मार्ने धम्की दिदै रकम माग गरेको आरोपमा प्रहरीले दुइै जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा दार्चुलाको लेकम गाउँपालिका–१ घर भइ भीमदत्त नगरपालिका–३ मा बस्दै आएका नरेश साँउद र बैतडीको दोगडाकेदार गाउँपालिका–७ घर भएर महेन्द्रनगर बसपार्क पछाडी डेरा गरी बस्ने चन्द्रदेव जोशी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयले उनीहरूलाई आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।