जनता टाइम्स

३० भाद्र २०७६, सोमबार ०७:३४

मौसम प्रतिकुल हुँदा तीन सयभन्दा धेरै पर्यटक अलपत्र


 

सोलुखुम्बु, भदौ ३०, – मौसम प्रतिकुल हुँदा सोलुखुम्बुको लुक्लामा सयौँ पर्यटक अलपत्र परेका छन् ।

गएको तीन दिनदेखि मौसम प्रतिकुल हुँदा खुम्बुबाट काठमाडौं फर्कने झण्डै तीन सय जनाभन्दा बढि पर्यटक लुक्लामा नै रोकिएको नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबारदेखि मौसम परिवर्तन हुदाँ पर्यटकहरु समस्यामा परेका हुन् ।

शुक्रबार २० ओटा उडान तालिका रहेकोमा कुनै पनि उडान हुन सकेन । त्यस्तै, शनिबार २५ ओटा उडान तालिका भए पनि ५ वटा मात्रै उडान भएको थियो भने आइतबार उडान हुन सकेन । खुम्बु क्षेत्रमा लागेको बाक्लो कुहिरोका कारण विमान उडान ठप्प भएको हो ।