जनता टाइम्स

६ मंसिर २०८०, बुधबार १९:०८

एक किशोरीमाथि सामूहिक करणी आरोपमा डोटीमा तीन जना पक्राउ


डोटी, ६ मंसिर । डोटीमा एक किशोरीमाथि सामूहिक करणी भएको छ । बडिकेदार गाउँपालिका वडा नम्बर २ का तीन युवक सामूहिक करणीको आरोपमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बडीकेदार गाउँपालिका वडा नम्बर २ का १८ वर्षीय गोपाल साउँद, १९ वर्षीय करन साउँद र २६ वर्षीय प्रेम धामी रहेको डोटी प्रहरीले बताएको छ ।

उनीहरूले मंसिर १ गते साँझ साढे ६ बजे १७ वर्षीय किशोरीलाई सामूहिक जबरजस्ती करणी गरेको आरोप छ । घटना १ गतेको भएपनि प्रहरीलाई २ गते सूचना प्राप्त भएपछि आरोपित तीनै जनालाई सोही दिन प्रहरीले नियन्त्रणमा हो ।