जनता टाइम्स

८ मंसिर २०८०, शुक्रबार १८:५०

कपिलवस्तुमा ट्याक्टरको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु


काठमाडौं, ८ मंसिर । कपिलवस्तुको यशोधरा गाउँपालिका–३, बहडिलवामा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु भएको छ ।

बिहीबार लु ४ त १२८० नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने प्रेमकुमार कुर्मीको छोरा दुई वर्षीय रुपेशको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्याक्टर चालक फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।