जुम्ला, मंसिर ८ । जुम्लामा नेकपा एकीकृत समाजवादी निकट पत्रकारहरुको संगठन समाजवादी प्रेस संगठन प्रेस चौतारीमा मर्ज भएको छ ।
आज दुई संगठनका अध्यक्षले हस्ताक्षर गरी बिज्ञप्ति जारी गर्दै दुवै संगठनबीच एकता भई प्रेस चौतारी नेपाल कायम राख्ने निर्णय भएको जनाएका छन ।
‘उचो लक्ष्य र बिश्वासका साथ नडगमगाई अगाडि बढेको प्रेस चौतारी नेवाल जुम्लामा फाटो आउँदा केही बिरोधीबाट धमिलो पानीमा माछा मार्ने प्रयत्नहरु भए । यो बिषम परिस्थितिको गम्भीर भएर समिक्षा गर्दा एक हुनको बिकल्प नरहेको हाम्रो ठहर छ,’ प्रेस चौतारी जुम्लाका अध्यक्ष नौरते नेपाली र समाजवादी प्रेस संगठन जुम्लाका अध्यक्ष मानदत्त रावलले जारी गर्नुभएको संयुक्त प्रेस बिज्ञप्तिमा भनिएको छ, ‘तसर्थ प्रेस चौतारी जुम्ला र समाजवादी प्रेस संगठन जुम्ला एक भई दुईवटा संगठनमा क्रियाशिल साथीहरु आजकै दिनदेखि एक भएर प्रेस चौतारी नेपाल जुम्ला भएको घोषणा गर्दछौं ।’
प्रतिक्रिया दिनुहोस्