जनता टाइम्स

८ मंसिर २०८०, शुक्रबार २२:३९

हमासले गर्यो २५ इजरायली बन्धक रिहा


प्यालेस्टाइन, मंसिर ८ । प्यालेस्टानी बिद्रोही समुह हमासले नियन्त्रणमा लिएका १३ जना इजरायली बन्धक रेडक्रसलाई हस्तान्तरण गरेको छ । यसैगरी,१२ जना थाइ बन्धकहरू पनि गाजाबाट रिहा गरेको छ ।

ती सबै रफाह सीमा नाका हुँदै दक्षिण इजरायल एक सैन्य हवाई अड्डा पुग्ने बीबीसीले जनाएको छ । त्यसैगरी, बेग्लै सहमति अनुसार भन्दै थाइल्याण्डका प्रधानमन्त्रीले हमासले बन्धक बनाएका १२ जना थाइ नागरिक रिहा भएको बताएका छन्।

कतारले मध्यस्तता गरेको चारदिने अस्थायी युद्धविराम र बन्दी साटफेर गर्ने सम्झौता अनुसार शुक्रवार नै इजरायले महिला र बालबालिका सहितका ३९ प्यालेस्टिनी बन्दीहरू रिहा गर्दैछ।

इजरायल–हमास युद्धमा शुक्रबार बिहान ७ बजे अस्थायी सङ्घर्षविराम सुरु भएको थियो।

इजरायल–हमास सहमतिअन्तर्गत चार दिनको सङ्घर्षविरामको अवधिमा हमासले गाजाबाट कुल ५० जना बन्धकलाई मुक्त गर्ने छ भने इजरेलले १५० जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने जनाएको छ।