जनता टाइम्स

९ मंसिर २०८०, शनिबार ०७:४६

आजको मौसम : कर्णाली र सुदूरप्शिचममा आंशिक बदली


काठमाडौं, ९ मंसिर । हाल हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक बदली रही देशका बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

कर्णाली प्रदेशको भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिम लगायत आसपासको क्षेत्रका एक(दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ भने तापक्रम हालको अवस्था भन्दा १।५ देखि २ डिग्रीले घट्ने सम्भावना रहेको छ ।

आइतबार पनि देशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।