जनता टाइम्स

२१ बैशाख २०७६, शनिबार २१:१६

देशको सर्वोच्च पदप्रति मर्यादा गर्न नसक्नेले स्वतन्त्र राष्ट्र भनी कुर्लिनुको आधार के ? – पूर्वमहान्यायाधिवक्ता संगौला


काठमाडौं, वैशाख २१

पूर्वमहान्यायाधिवक्ता युवराज संगौलाले राष्ट्रपतिले ‘मेरो सरकार’ भन्ने अधिकार रहेको बताउनु भएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिले प्रयोग गरेको शब्दमा नेपाली कांग्रेससहित विभिन्न व्यक्तिले विरोध गरिरहेकामा उहाले एक पटक संविधान पल्टाएर हेर्न पनि आग्रह गर्नुभएको छ ।

बिगत केही बर्षमा मौलाएको अराजकताले नेपालीहरुलाई फोहोरी बनाएको प्रतीत हुने भन्दै उहाले देशका सर्बोच्च पदप्रती मर्यादा गर्ने नसक्ने हामीले, स्वतन्त्र रास्ट्र भनी कुर्लिनुको आधार के हो ? भनि प्रश्न समेत गर्नुभएको छ ।

यस्तो छ उहाको भनाई

समाजमा सभ्यताको अपेक्षा गर्नेले पहिला आफू सभ्य हुनु पर्छ। सन्दर्भ रास्ट्रपतिले ‘मेरो सरकार’ भनेको कुरामा। के गल्ती भो रास्ट्रपति ले मेरो सरकार भन्दा ? रास्ट्रपतिलाई राज्यको प्रमुख मानिन्छ, संबिधानले पनि तेहि मानेको छ। तर बिगत केही बर्षमा मौलाएको अराजकताले नेपालीहरुलाई फोहोरि बनाएको प्रतीत हुन्छ। देशका सर्बोच्च पदप्रती मर्यादा गर्ने नसक्ने हामीले, स्वतन्त्र रास्ट्र भनी कुर्लिनुको आधार के हो ?
१. राजा संबैधानिक थिए, तर उनी पनि मेरो सरकार भन्ने गर्थे . किन आपत्ति भएन ? रास्ट्रपति देशको प्रमुख हो, उन्ले ‘मेरो सरकार’ भन्दा के गल्ती भयो ? ठुलठुला पत्रीका चलाउने मित्रहरु बताइदिनुहोस, रास्ट्रपतिले मेरो सरकार भन्न कुन कानुन र संबिधानको कुन धाराले रोकेको छ ?
२. रास्ट्रपति राज्य प्रमुख भएको हुनाले, राज्यको सरकारलाई रास्ट्रपतिले मेरो सरकार भन्दा, बिद्यादेबि भण्डारीको सरकार भनेको होइन, राज्यको सरकार भनेको हो भनेर बुज्न पनि कसैले पढाउनु पर्ने ? संसदमा रास्ट्रपतिको सम्बोधनमा राज्य बोलेको हो भन्डारी बोलेको होइन। राज्यले मेरो सरकार भनेको हो। रास्ट्रपतिलाई त फौजदारी दाइत्वबाट पनि मुक्ति दिएको हुन्छ।
३. प्रधानमन्त्री लगाएत राज्यका सबै पदहरु रास्ट्रपति समक्ष सपथ लिए पछि क्रीयासिल हुन्छ्न। संकटकालमा रास्ट्रपतिले नै देशको जीम्मा लिनु पर्छ। रास्ट्रपति कमान्डर इन चिफ पनि हो। तेसैले उसलाइ राज्यको संरक्षक मानिन्छ। उन्ले नीति तथा कार्यक्रम प्रस्तुत गरेको सरकारलाई मार्गनिर्देशन दिएको हो। तेसैले ूमेरो सरकारू भनेको ूनेपालको संबिधान अन्तरगतको सरकारू भनेको हो। अल्पज्ञान खतरनाक हुन्छ।
४. हामीले यो बुज्नु पर्छ, हामी लोकतान्त्रिक ब्यबस्था अन्तर्गत छौ। जुन ढांचाको सरकार हामी सङ्ग छ, तेसलाई संबैधानिक राज्य प्रमुखको ढांचा भनिन्छ। यस्तो ढांचामा राज्यको सरकार राज्य प्रमुखकै हुन्छ। तर त्यो अधिकार पार्लियामेन्टले बनाएको प्रधानमन्त्रीले प्रयोग गर्छ।
५. देशलाई कम्जोर पार्ने तत्वले राज्यका सबै निकायलाई पत्रु जस्तो बनाइदिएको छ। देशको सम्मान भनेको देशका संयन्त्रहरुको पनि सम्मान हो। सगरमाथाको गीतगाएर मात्र देशभक्ती र माया हुँदैन। सभ्य नागरिकले रास्ट्रका निकाय प्रती सम्मान गर्न र लोकतान्त्रिक ब्यबस्थाको कदर गर्न पनि जान्नु पर्छ।
५. अकासमा हवाइजाहाज होल्ड गरेको कुरा समेत उठ्यो। अमेरीकामा रास्ट्रपति आउंदा के हुन्छरु खोज्नु होस।
६. रास्ट्रपति ले भन्ने मेरो सरकारू नै हो। बकम्फुस तर्क नदिऔ। रास्ट्रपति राज्यप्रमुख हो, त्यो पदले सम्पुर्ण रास्ट्र्को प्रतिनिधित्व गरेको हुन्छ। तेसैले सरकारलाई मेरो भनिएको हो।

चाकरी गरेको नभन्नुहोला म रास्ट्रपतिको लिस्टमा परेको र निम्ता पाउने मानिस होइन। मैले राज्यको प्रतिरक्षा गरेको हो।