जनता टाइम्स

१५ मंसिर २०८०, शुक्रबार २२:२२

प्रवासी नेपाली मञ्च कतारले बनभोजसहित बिशेष कार्यक्रम


कतार, मंसिर १५ । प्रवासी नेपाली मञ्च कतारको मधेस फाँटले बनभोजसहित भब्य कार्यक्रम सम्पन्न गरेको छ ।

प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका उपसचिव एवं प्रचार बिभाग प्रमुख चानक पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रवासी नेपाली मञ्च सम्वद्ध बिषयहरुमाथि गहन छलफल गरिएको छ ।

मध्यपूर्वमा श्रमिकले भोग्नुपरेको समस्या र प्रवासी नेपाली मञ्चले अहिलेसम्म निर्वाह गरेको भूमिका र आगामी दिनमा अपनाउनु पर्ने रणनीतिबारे कार्यक्रममा बिशेष छलफल गरिएको थियो ।

मधेश फाँटको इञ्चार्ज जमिरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी पोखरेलले प्रवासी नेपाली मञ्च सवै नेपालीको समस्या सहजीकरण गर्न तयार रहेको बताउनु भयो । जहाँ नेपाली त्यहाँ प्रवासी नेपाली मञ्च पुग्ने बताउँदै पोखरेलले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न अन्तराष्ट्रिय कमिटी सदैव तत्पर रहेको बताउनु भयो ।

कार्यक्रममा सहभागीहरुले पनि प्रवासी नेपाली मञ्चलाई दुःख र पीडामा परेका प्रवासका सवै नेपालीको बीचमा पुर्याउने काममा लागि पर्ने अठोट गरेका छन ।