जनता टाइम्स

३० भाद्र २०७६, सोमबार १५:१९

गरिबको दशा ‘आयो दशैं गरिबलाई रुवाउन’ (भिडियोसहित)


काठमाडौं, भदौ ३०

हिन्दुहरुको महान चाड बिजय दशमीलाई लक्षित गर्दै गायक घमेश दुलाल र गोमा कोइरालाको आवाजमा ‘आयो दशैं गरिबलाई रुवाउन’ बोलको गीत बजारमा आएको छ । उक्त गीतमा बिहान खायो बेलुका के खाउँ र बेलुका खायो बिहान के खाउँ हुने गरिव तथा दुःखी हरुको कथालाई समावेश गरिएको छ । गीतमा दशैं दशा बनेर आएको एक घत लाग्दो कथा बुनिएको छ ।

गीतलाई समाजको यथार्थ भोगाई र गरिबहरुको पिडालाई समेटेर सर्जक शम्भु नेपालले लय तथा शब्द सिर्जना गरेका छन् । भिडियोलाई राज तामाङ, प्रिती तामाङ, रामशरण ढकाल, साजन बलामी, शितल राना मगर र आदित्य चापागाईंको अभिनयले पनि थप सुगन्ध प्रदान गरेको छ । मनोज खड्काले सोही भिडियो निर्देशन गरेका हुन् भने छायांकन रबिन बजगाईं तथा सम्पादन प्रकाश (एसके) ले गरेका छन् ।

भिडियो

https://youtu.be/ksFL5Cuo4vE