काठमाडौं, भदौ ३० । सत्तारुढ दल समाजवादी पार्टीले संविधान दिवस बहिस्कार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित महत्वपुर्ण मन्त्रालय सम्हालेको समाजवादी पार्टीले सरकारमा रहिरहने तर संबिधान दिवस भने बहिस्कार गर्ने निर्णय लिएको हो ।
सो पार्टीले संबिधान दिवसको अवसरमा आयोजित कुनै पनि कार्यक्रममा सहभागी नहुने निर्णय गरेको छ । समाजवादी पार्टीका प्रचार बिभाग प्रमुख प्रशान्त सिंहले आज बिज्ञप्तीमार्फत दिएको जानकारीअनुसार संविधान त्रुटिपूर्ण एवं अपूर्ण रहेका उल्लेख गर्दै उक्त संविधान जारी भएको दिन असोज ३ गते खुशीयालीमा दीपावली नगर्ने र विरोधको रुपमा कालो दिवसको रुपमा पनि नमनाउने पार्टी केन्द्रीय कार्यकारणी समितिले निर्णय गरेको छ ।
विज्ञप्तिमा सो दिन सातै प्रदेशमा ‘संविधान संशोधनको अपरिहार्यता र आवश्यकता’ विषयमा अन्तरक्रिया गर्ने जानकारी दिइएको छ । यो निर्णयसँगै उपप्रधानमन्त्री उपेन्द्र यादव र डा बाबुराम भट्टराई नेतृत्वको दल सत्तामा बसेर कमाउने तर संबिधान दिवस नमनाउने निश्कर्षमा रहेको खुलासा भएको छ । सरकारमा बसेर संबिधान दिवस नमनाउने निर्णय गर्ने संभवतः समाजदावीदल नै पहिलो हो ।
प्रतिक्रिया दिनुहोस्