जनता टाइम्स

१७ मंसिर २०८०, आईतवार १३:५६

झुलाघाट–चिवाभञ्ज्याङ यात्राले सुदूरपश्चिमको विकास र समृद्धिको बारेमा गहन अध्ययन गरेको छ : महासचिव पोखरेल


दैलेख, मंसिर १७ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको अभियालनले सुदूरपश्चिमको विकास र समृद्धिका बारेमा अध्ययन गर्ने काम गरेको बताउनु भएको छ ।

मध्यपहाडी लोकमार्ग अन्तरगत अछाम र दैलेख जोड्ने कर्णाली पुलमा आयोजित अभियानको झण्डा हस्तान्तरण कार्यक्रममा महासचिव पोखरेलले विकास र राष्ट्रिय नीतिको बहिष्करणमा परेको सुदूरपश्चिम प्रदेशको समृद्धीका लागि राज्यले गर्नुपर्ने कामका बारेमा स्थलगत अध्ययन गर्ने काम गरेको उल्लेख गर्नुभयो ।

‘ही मंसिर १४ गते बैतडीको झलाघाटमा पार्टी अध्यक्ष श्रद्धय केपी शर्मा ओलीले राष्ट्रिय झण्डोत्तोलन गरेर शुरु गर्नु भएको अभियानले बैतडी, डडेल्धुरा, डोटी, अछाम हुँदै कर्णाली आइपुगेको छ’, महासचिव पोखरेलले भन्नुभयो, यसक्रममा हामीले सुदूरपश्चिमको विकास र समृद्धीका संभावनाका खोजि गर्ने, हाम्रा एमालेका बारेमा जनस्तरमा छरेका भ्रमहरु चिर्ने, सुदूरपश्चिमका नागरिकसँग भलाकुसारी गर्ने काम गरेको छ ।’

भियान शुरु भएको पहिलो दिन वास बस्न डडेल्धुरा पुग्नु भएका पार्टी अध्यक्ष ओलीले नेपाली कांग्रेसका सभापति सेरबहादुर देउवालाई फोन गरेर जिल्लमा आएको जानकारी गराउँर्दै राजनीतिक संस्कार प्रस्तुत गर्नु भएको जानकारी महासचिव पोखरेलले गराउनु भएको छ ।

सुदुरपश्चिमको यात्रा सकेर कर्णाली आइपुेगेको एमाले टोलीले आज राकममा बृहत आमसभा गर्नेछ भने चामुण्डा वृन्दासैनी नगरपालिकाको कार्यालयमा कार्यकर्ता भेटघाट, दुल्लु नगरपालिकाको चगत्रामा भेटघाट तथा स्वागत ग्रहण गर्नेछ ।

यस्तै भैरवी गाउँपालिकाको भिरखेतको पेट्रोलियम अन्भेषण स्थल र श्रीस्थान मन्दीरको दर्शन गरी दैलेख सदरमुकाम दुल्लु पुगेर बास बस्ने कार्यक्रम रहेको एमाले कर्णाली अध्यक्ष गुलावजंग शाहले जानकारी दिनुभएको छ ।