जाजरकोट (रिम्ना), मंसिर १९ । नेकपा (एमाले) को केन्द्रीय विपत व्यवस्थापन तथा स्वयंसेवक विभागले जाजरकोटको रिम्नामा फोटो प्रर्दशनी गरेको छ ।
जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ रामीडाँडा केन्द्रविन्दु भएर गएको भुकम्पले गरेको भौतिक संरचना क्षतीको खोज उद्धार र पुनःनिर्माणका लागि प्रभावित क्षेत्रमा विभागले एक दिने फोटो प्रदर्शनी गरेको हो ।
यहि मंसिर १४ गते बैतडी जिल्लाको झुलाघाटबाट शुरु भएको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’को छैटौ दिन एमाले अध्यक्ष ओली नेतृत्वको टोली भुकम्प प्रभावित क्षेत्रमा पुगेको अवरसमा विभागले कामका क्रममा खिचिएका ३ सय बढि फोटाहरुको प्रदर्शनी गरेको विभागका संयोजक किरण पौडेलले जानकारी दिनुभयो ।
‘पार्टी केन्द्रको निर्णय अनुसार विभाग मातहत रहने गरेर एक हजार स्वयम्सेवक परिचालन हुनु भएका एक हजार स्वयम्सेवकले गरेका काममा गतिविधिहरुका फोटाहरु प्रदर्शनी गरिएको हो’, संयोजक पौडेलले भन्नुभयो, ‘जाजरकोट र रुकुमपश्चिम जिल्लाका भुकम्प प्रभावित वस्तीमा २५ जनाका दरले ४० समुह परिचालन भएका थिए ।’
यहि मंसिर जाजरकोटको झुलाघाटबाट शुरु भएको अभियानको नेतृत्व गर्दै जाजरको र रुकुमपश्चिम जिल्लाको सिमा क्षेत्र भेरी नदीको किनारमा पुग्नु भएका एमाले अध्यक्ष केपी शर्मा ओली सहितको केन्द्रीय नेताहरु सम्मिलित अभियान टोलीले उक्त फोटो प्रर्दशनीको अवलोकन गरेको थियो ।
केन्द्रीय विपत व्यवस्थापन तथा स्वयम्सेवक विभाग मार्फत १५ वटा समुह रुकुमपश्चिम, २५ समुह जाजरकोटमा जिल्लामा परिचालन गरेको थियो । भुकम्पमा गरेर जाजरकोटमा १०१ र रुकुमपश्चिममा ५३ गरी १५४ जना जनाले ज्यान गुमाएका थिए भने ९४ जना सिकिस्त घाइते भएका थिए ।
भुकम्पले जाजारकोट जिल्लामा मात्रै ९ हजार ७ सय ९४ घर पुर्णक्षती गरेको भुकम्पमले २४ हजार ७ सय ७ घर आंशिक क्षती हुँदा जिल्लाका ९ हजार ६ सय ८१ परिवार बिस्थापित भएका छन् ।













प्रतिक्रिया दिनुहोस्