जनता टाइम्स

२० मंसिर २०८०, बुधबार १४:५४

७. ८ किलो अबैध सुनसहित ब्यपारी पक्राउ


काठमाडौं, मंसिर २० । काठमाडौंको न्यूरोडस्थित ओमपर्ल गोल्ड प्रालिबाट सुनसहित एक जना पक्राउ परेका छन्। प्रहरीले ७ केजी ८ ग्राम सुनसहित ओमपर्ल गोल्ड प्रालिका सञ्चालक पदम पाण्डेलाई पक्राउ गरेको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयले गएराति ओमपर्ल गोल्ड प्रालि छापा हानेको हो। ​​​​​​​प्रहरी स्रोतका अनुसार उनीमाथि थप अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसारअवैध काँचो सुन र केही गहना बरामद भएका छन्।