काठमाडौं, मंसिर २२ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयले बरामद सु्नको थप अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ। सरकारले प्रमुख भन्सार अधिकृत मनिराम पौडेललको संयोजकत्वमा समिति गठन गरेको हो ।
समितिमा प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी,भन्सार अधिकृतहरू प्रकाश निरौला, डिल्लु प्रसाद शर्मा,लोकराज ढुंगाना र शाखा अधिकृत मञ्जु थापा सदस्य रहनु भएको छ।
भन्सार कार्यालयले पत्रकार सम्मेलन गरी सुन सार्वजनिक गरेको हो। प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले विशेष सुराकीका आधारमा सुन बरामद गरिएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्