काठमाडौं, मंसिर २३ । नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान अन्तर्गत शनिबार दशौं दिनको यात्रा गर्दैछ ।
‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा अभियानको दशौं दिन पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको एमालेको टोली वाग्मती प्रदेश प्रवेश गर्नेछ । गोरखाको सल्यानटारमा खाना खाएर टोली बिहान वाग्मतीको धादिङ प्रवेश गर्न लागेको हो ।
एमालेको टोली यात्राको नवौं दिन कास्कीको पोखराबाट लमजुङ हुँदै गोरखा पुगेको थियो । टोली दिउँसो नुवाकोटको विदुरमा आयोजना हुने सभामा सहभागी हुनेछ । नुवाकोट मध्यपहाडी राजमार्गको विन्दु हो ।
एमालेले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी र गण्डकी प्रदेशको यात्रापछि बागमति प्रवेश गर्न लागेको हो ।













प्रतिक्रिया दिनुहोस्