जनता टाइम्स

३१ भाद्र २०७६, मंगलवार १८:३५

तनहुँकी बिनुले जितिन मिस गुरुङ इन्टरनेशनलको उपाधी


काठमाडौं, भदौ ३१ । मिस गुरुङ इन्टरनेशनल सिजन ३ को उपाधि तनहुँकी बिनु गुरुङले जितेकी छन् । कमलादी स्थित प्रज्ञाभवनमा आज भएको फाइनल प्रतिस्पर्धामा १५ प्रतिस्पर्धीलाई उछिन्दै बिनुले मिस गुरुङ इन्टरनेशनल तेश्रो सस्करण हात पारेकी हुन ।

प्रतियोगितामा त्यस्तै फस्ट रनअरअपको उपाधि ओसिन गुरुङले हात पारिन् भने सेकेन्ड रनर अप अन्जु गुरुङ भइन् । मल्टिमिडीयाको उपाधि मेरिजन गुरुङ हात पार्दा अर्गनाइजर्स च्वाइस उपाधि गीता गुरुङले हात पारिन ।

विजेता बिनुले यामाहाको स्कुटरसँगै अन्य आकर्षक उपाहार हात पारिन् । साथै सम्पूर्ण बिजेता हरूले बिभिन्न आकर्षक पुरस्कार हरू प्राप्त गरेका छन् । इटहरी, चितवन, कावासोती, बुटवल, पोखरा र काठमाडौंमा गरि १ सय ५० भन्दा बढी गुरुङ प्रतिस्प्रर्धिरुले छनोट चरणमा सहभागिता जनाएका थिए ।

मिस गुरुङ इन्टरनेशनलको आयोजक मृगतृष्णा फेसन एण्ड प्रोडक्सन रहेको थियो भने व्यवस्थापन बि एण्ड बी इभेन्ट मेनियाले गरेको थियो ।