जनता टाइम्स

२७ मंसिर २०८०, बुधबार ०९:२७

मनमुटावबीच कोइराला र गगन समूहको वृहत्त भेला हुँदै


काठमाडौं, मंसिर २७ । नेपाली काँग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापा पक्षले आज ‘वृहत्त’ भेलाको आयोजना गर्दैछ।

करिब एक वर्षपछि संस्थापनइतर समूहको भेला हुन लागेको हो। भेला आज दिउँसो एक बजे बत्तिसपुतलीमा आयोजना गरिने छ।यसअघि मङ्गलवारका लागि तय गरिएको भेला आजको लागि सारिएको हो। पछिल्लो समय नेता कोइराला र महामन्त्री थापाबीच असन्तुष्टि देखिएको छ।

भेलामा समूहमा रहेका पदाधिकारी, केन्द्रीय सदस्य, सांसद, प्रदेश सभापति, महाधिवेशनमा प्रतिस्पर्धा गरेका उम्मेदवार लगायत सहभागी हुनेछन्। यसअघि लामो समयदेखि यो समूहको यस प्रकृतिको भेला हुन सकेको थिएन