जनता टाइम्स

२८ मंसिर २०८०, बिहीबार ०८:४८

नौ वर्षीया वालिकालाई जबरजस्ती करणीको आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ


तनहुँ, २८ मंसिर । बालिकालाई जबरजस्ती करणी गरेका आरोपमा तनहुँको एक वृद्ध पक्राउ परेका छन् । शुक्ल गण्डकी नगरपालिकाका निवासी ७२ वर्षीय रनबहादुर सारू मगर पक्राउ परेका हुन् ।

नौ वर्षीया नाबालिकालाई बलात्कारको प्रयास गरेका आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पीडित परिवारको उजुरीको आधारमा बुधवार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अवदेव विष्टले जानकारी दिनुभयो । मगर विरुद्ध जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।