जनता टाइम्स

३ पुष २०८०, मंगलवार ०८:५८

‘नम्बरी सुन’ सार्वजनिक (भिडियोसहित)


काठमाडौँ, ३ पुस । राजु गिरी निर्देशित चलचित्र ‘नम्बरी सुन’ को नयाँ गीत सार्वजनिक भएको छ । ओएसआर डिजिटल युटुब च्यानलमार्फत चलचित्रमा समावेश ‘तिमी बर म पिपल।।।’ बोलको गीत सार्वजनिक गरिएको हो । प्रताप दास र अनु चौधरीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द र सङ्गीत रहेको छ ।

रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतमा गौरव पहारी र नम्रता सापकोटाको अभिनय रहेको छ । गीतको भिडियोलाई मानकृष्ण महर्जनले छायाङ्कन गरेका हुन् । चलचित्रमा गौरव र नम्रतासँगै सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बास्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरीलगायत कलाकारको अभिनय रहेको छ ।

शिवम् अधिकारीको कथा र पटकथा, दिव्य सुवेदीको छायाङ्कन, गौतमराज खड्काको सम्पादन, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको सङ्गीत, अर्जुन पोखरेल र नारायण खातीको शब्द, राजेशपायल राई, प्रताप दास, शान्तिश्री परियार र अनु चौधरीको स्वर रहेको छ ।