जनता टाइम्स

४ पुष २०८०, बुधबार ०८:१९

काठमाडौंका यी ठाउँमा हुँदैछ साढे ४ घण्टा विद्युत आपूर्ति बन्द


काठमाडौं, पुस ४ । काठमाडौंका केही ठाउँमा फरक फरक दिन केही घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ ।

महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने काम भइरहेकोले त्यस क्षेत्रमा केही दिन सोढ ४ घण्टा विद्युत सेवा बन्द हुने भएको नेपाल बिद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार बुधबार (आज) चपली तथा बूढानीलकण्ठ, बिहीबार गोङ्गबु बसपार्क, शुक्रबार चपली तथा हात्तीगौंडा र शनिबार चपली, बूढानीलकण्ठ तथा पासीकोटमा आपूर्ति बन्द हुनेछ ।

मौसम खराब भई काम नहुने अवस्थामा भने विद्युत सेवा अवरुद्ध नहुने प्राधिकरणले जनाएको छ ।