जनता टाइम्स

४ पुष २०८०, बुधबार ०९:४४

थ्रेसरमा च्यापिएर नुनुवाको मृत्यु


झापा, ४ पुस । झापामा बुधवार बिहानै थ्रेसरमा च्यापिएर एक ब्याक्तिको मृत्यु भएको छ । आफ्नै धानको कुन्यूमा थ्रेसर लगाउने क्रममा झापा गाउँपालिका वडा नं २ सुगाबथान बस्ने ५७ वर्षीय नुनुवा टुडूको थ्रेसरमा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

स्थानीय चन्द्रदेव राजवंशीको प्र१–०१–००१ त ८०९२ नं को ट्याक्टरबाट टुडूले बिहान ५ बजेतिर थ्रेसर लगाउनु भएको जनाइएको छ । थ्रेसरमा परेर टुडुको बीभत्स रूपमा मृत्यु भएको र घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थ्रेसर तथा ट्र्याक्टर चालक फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताउनु भयो ।