जनता टाइम्स

१ आश्विन २०७६, बुधबार १४:१५

नेकपा अध्यक्ष प्रचण्डको दाँतमा समस्या : स्वास्थ्य परीक्षणपछि चिकित्सकले दिए यस्तो सुझाव


ललितपुर, असोज १ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड दाँतको उपचारका लागि अस्पताल पुग्नुभएको छ । लामो समयदेखि दाँतमा समस्या आएपछि अध्यक्ष प्रचण्ड आज उपचारका लागि नेपाल मेडिसिटी अस्पताल ललितपुर पुग्नुभएको हो ।

परीक्षणपछि चिकित्सकहरुले समस्या आएकाले एउटा दाँत निकाल्नु पर्ने सुझाव दिएका छन । केही समयदेखि अध्यक्ष प्रचण्डलाई दाँत दुख्ने समस्या आएको थियो । दाँतको उपचारका लागि अस्पताल पुगेपछि नेता कार्यकर्ताले सामाजिक सञ्जाल मार्फत स्वास्थ्य लाभको कामना गरेका छन् ।