जनता टाइम्स

६ पुष २०८०, शुक्रबार ०७:४८

उपत्यकासहित देशभर चिसो बढ्यो, आवश्यक सतर्कता अपनाउन अनुरोध


काठमाडौं, पुस ६ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बिभागले हाल देशभरिको तापक्रम घट्ने क्रममा रहेको भन्दै चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागको अनुरोध गरेको छ ।

काठमाडौं उपत्यकामा हिजो यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको थियो । बुधबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रहेकोमा बिहीबार बिहान न्यूनतम तापक्रम ४ दशमलब ५ डिग्री सेल्सियस मापन भएको थियो । मौसमविद् रोजन लामिछानेका अनुसार यो अझै घट्ने सम्भावना छ ।

न्यौपानेका अनुसार आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ ।