काठमाडौं, ६ पुस । हेटौँडा अस्पतालले दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि दिन सुरु गरेको छ । स्वास्थ्य बीमा बोर्डको निर्णयअनुसार अस्पतालमा स्वास्थ्य बीमाको सुविधाबाट लामो समय औषधि खानेलाई तीन महिनाको औषधि एकैपटक दिने व्यवस्था गरिएको हो ।
स्वास्थ्य बीमा कार्यक्रममार्फत सेवा लिनेलाई विगतमा एक महिनाको औषधि दिने गरिएकामा पुस ४ गतेदेखि आवश्यकतानुसार तीन महिनासम्मको औषधि दिने व्यवस्था मिलाइएको छ ।
अस्पतालका अनुसार उच्च रक्तचाप, मधुमेह, हाइपरटेन्सन, थाइराइडजस्ता दीर्घरोगको औषधि नियमित खानुपर्ने बिरामीलाई यसअघि एकपटकमा एक महिनाका लागि चिकित्सकले औषधि दिँदै आइएकामा अब तीन महिनाको लागि दिने व्यवस्था गरिएको छ । त्यस्तै अस्पतालमा एक पटक रेफर भई आएका सेवाग्रहीलाई सोही रोगको फलोअप गर्दा पुनः रेफर नचाहिने व्यवस्था समेत मिलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्