जनता टाइम्स

६ पुष २०८०, शुक्रबार १४:२८

मन्त्री किराँतीको अभिव्यक्तिप्रति रावलको आपत्ति


काठमाडौं, ६ पुस । नेकपा एमालेका नेता डा. भीम रावले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ । आज सामाजिक सञ्जालमा लेख्दै नेता रावलले मन्त्री किराँतीको क्रिश्चियन नमान्नेलाई देशद्रोहको मुद्दा लगाउने धम्कीको विरोध गर्नुभएको हो ।

उहाँले किरातहरूले ‘मुन्धुम’ मान्नु के देशद्रोह हो भन्दै प्रश्न गर्नुभएको छ । उहाँले लेख्नुभएको छ,‘मन्त्री सुदन राई किराँतीलाई नेपाली जनताले सोध्नै पर्ने प्रश्न : के मन्त्री सुदनका पूर्खा क्रिश्चियन थिए ? थिएनन् भने के ती देशद्रोही थिए ? किरातहरूले ‘मुन्धुम’ मान्नु के देशद्रोह हो ? यस्ता प्रश्नको जवाफ चाहियो ।’

मन्त्री किराँतीले बुधबार एक कार्यक्रममा क्रिश्चियन नमान्नेलाई देशद्रोहको मुद्दामा पाता कसेर जेल हाल्ने चेतावनी दिनुभएको थियो । त्यसपछि उनको चर्को विरोध भइरहेको छ ।