जनता टाइम्स

६ पुष २०८०, शुक्रबार १४:३७

प्रमुख प्रशासकीय अधिकृतबिरुद्ध पक्राउ पुर्जी


पर्वत, पुस ६ । पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । घुस लेनदेनको बिषयमा जिल्ला अदालत कास्कीले पराजुलीबिरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

सहकारीको कार्यक्षेत्र थप गर्ने विषयमा घुस लिएको देखिएपछि पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उहाँविरुद्ध केही दिनअघि जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएको हो ।

पराजुली कुश्मा आउनुअघि सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीमा रजिष्ट्रारको रूपमा कार्यरत हुनुहुन्थ्यो । सोही समयमा पराजुलीले मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको कार्यक्षेत्र थप गर्ने विषयमा १ करोड ५ लाख रुपैयाँ घुस लिएको तथ्य फेला परेपछि अनुसन्धानका लागि पक्राउ पुर्जी लिइएको कास्की प्रहरीले जनाएको छ ।

सहकारीका सञ्चालकहरूको बयानका क्रममा पूर्वरजिष्ट्रार पराजुलीले कार्यक्षेत्र विस्तारका नाममा घुस लिएको बयान दिएका थिए । सोही आधारमा पराजुलीमाथि छानविन अघि बढेको हो । पक्राउ पुर्जी जारी भएसँगै पराजुली फरार भएका छन ।