काठमाडौं, पुस ६ । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा तिलकराज पाण्डे नियुक्त हुनुभएको छ । आज बसेको बैंक संचालक समितिको बैठकले पाण्डेलाई चार वर्षे कार्यकालका लागि सिइओ नियुक्त गरेको हो ।
पाण्डे यसअघि नेपाल बैंकमा २४ वर्ष सेवा गरेर अवकाश पाउनु भएका अनुभवी ब्यक्ति हुनुहुन्छ । नेपाल बैंकबाट आवकाश लिएपछि उहाँ भिवोर विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नु भएको थियो ।
भिवोर र लुम्बिनि विकास बैंक मर्ज भएपछि पाण्डे त्यहाँबाट बाहिरिनु भएको थियो । पछिल्लो समय नेपाल बैंकिङ इस्टिच्युटमा आबद्ध रहँदै आउनु भएका नेपाल बैंकको सीईओ बनाइएको हो ।
सिइओ छनोट समितिले नेपाल बैंकको कार्यबाहक प्रमुख कार्यकारी अधिकृत समता पन्त, लक्ष्मण पौडेल र तिलकराज पाण्डेको नाम सञ्चालक समितिमा पेश गरेको थियो । तिनैमध्येबाट पाण्डेलाई सिईओ नियुक्त गरिएको हो ।
बैंकले गत असोज २१ गते सिईओ नियुक्तिका लागि दरखास्त आव्हान गरेको थियो । सिइओ बन्नका लागि १९ जनाले आवेदन दिएका थिए ।













प्रतिक्रिया दिनुहोस्