जनता टाइम्स

७ पुष २०८०, शनिबार ०९:२४

५५३ असई र ६६२ प्रहरी वरिष्ठ हवल्दारको बढुवा


काठमाडौं, पुस ७ । नेपाल प्रहरीका ६६२ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायब निरीक्षक ९सई०मा बढुवा भएका छन् भने ६६२ जना प्रहरी बरिष्ठ हवल्दार असईमा बढुवा भएका छन् ।प्रहरी प्रधान कार्यालय नक्सालमा रहेको बढुवा समितिको बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम ४ अनुसार सबैको जानकारीका लागि सचिवालयले छुट्टा छुट्टै सूची सार्वजनिक गरेको हो ।

बढुवा नियुक्ति भएका सबै प्रहरी अधिकारीलाई प्रचलित नियम बमोजिम तलब, भत्ता तथा राशनसमेत अहिले पदस्थापन भएको दरवन्दीबाट पाउने गरी पदस्थापन गरिएको बढुवा समितिको सचिवायलले जनाएको छ भने आवश्यक कारवाही गर्न गराउन तथा दज्र्यानी चिन्ह प्रदान गर्न गराउनसमेत सम्बन्धित कार्यालयलाई अनुरोध गरेको छ ।

यी हुन् प्रहरी वरिष्ठ हवल्दारबाट असईमा बढुवा भएका ६६२ जना